३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
अर्थ

पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढ्यो

नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ।

नेपाल आयल निगमका अनुसार डिजेल, पेट्रोल र मट्टितेलको साबिक खुद्रा मूल्यमा प्रतिलिटर तीन रुपैयाँले बढाई पेट्रोलमा एक सय ७८ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर एक सय ७५ कायम गरिएको छ।

वृद्धि गरिएको मूल्य आजै राति १२ बजेदेखि लागू हुनेछ। हवाई इन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत् राखिएको छ।

निगमद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, ‘अनुमानित नोक्सानीको अवस्थालाई मध्यनजर गर्दै निगम व्यवस्थापनको २०७९/१०/२३ को निर्णयअनुसार आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेल/मट्टितेलको साबिकको खुद्रा बिक्रीमा वृद्धि गरिएको छ।’

प्रकाशित: २३ माघ २०७९ १५:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App