सुपर मादी हाइड्रोपावर लिमिटेडको आईपीओ आज बाँडफाँट भएको छ।आज १ लाख ७४ हजार ३०० जनाले १० कित्ताका दरले शेयर पाएका छन् ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँट भएको हो।
कम्पनीले माघ ९ गतेदेखि १२ गतेसम्म प्रतिशेयर १०० अंकित मूल्यका १७ लाख ४३ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो। सो आईपीओमा परेका कुल आवेदनमध्ये १२ लाख ९८ हजार ६९३ आवेदकबाट १ करोड ४४ लाख ४६ हजार ५६० कित्ताका लागि स्वीकृत आवेदन परेको थियो।
प्रकाशित: २३ माघ २०७९ १२:२८ सोमबार