७ वैशाख २०८१ शुक्रबार
अर्थ

बढ्यो सुनको मूल्य

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला पाँच सय रुपैयाँले बढेको छ। अधिल्लो दिन प्रतितोला एक लाख चार हजार एक सय रुपैयाँमा कारोबार भएको उक्त सुनको मूल्य आज एक लाख चार हजार छ सय रुपैयाँ तोकिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख चार हजार एक सय रुपैयाँ छ। उक्त सुनको मूल्य अघिल्लो दिन एक लाख तीन हजार छ सय रुपैयाँ थियो।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा स्थिर रही प्रतितोला एक हजार तीन सय २० रुपैयाँ कायम रहेको महासंघले जनाएको छ। महासंघले अन्तराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ। रासस

प्रकाशित: २३ माघ २०७९ ०५:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App