पूर्वाञ्चल ल्युव आयलको शेयर निष्कासनका लागि प्रभु क्यापिटल निष्कासन तथा बिक्री प्रवन्धकमा नियुक्त भएको छ।
पूर्वाञ्चल ल्युव आयलले सर्वसाधारणलाई ५ लाख कित्ता शेयर जारी गर्न प्रभुलाई नियुक्त गरेको हो। सो नियुक्ति सम्बन्धी सम्झौता यही माघ १८ गते भएको हो। सम्झौतामा पूर्वाञ्चल ल्युवको तर्फबाट प्रबन्ध सञ्चालक भोलेश्वर दुलाल र प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध सञ्चालक दिनेश थकालीले हस्ताक्षर गरेका छन्।
प्रकाशित: २० माघ २०७९ ०१:४५ शुक्रबार