३ पुस २०८१ बुधबार
image/svg+xml
अर्थ

पूर्वाञ्चल ल्युब र अल्फा प्लस भेन्चर्स सहकार्य गर्दै

पूर्वाञ्चल ल्युब आयलमा अल्फा प्लस भेन्चर्स लिमिटेडले लगानी गर्नेसम्बन्धमा सम्झौता भएको छ। पूर्वाञ्चल ल्युवको तर्फबाट प्रबन्ध सञ्चालक भोलेश्वर दुलाल र अल्फा प्लस भेन्चर्सको तर्फबाट प्रबन्ध सञ्चालक अंगीश घिमिरेले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

सम्झौतापछि कम्पनीको ल्युब्रिकेन्टहरू उल्लेख्य मात्रामा बिक्री वितरण हुने र कम्पनीको समग्र व्यापारिक तथा कार्यसञ्चालनको क्षमतामा समेत अभिवृद्धि हुने प्रबन्ध सञ्चालक भोलेश्वर दुलालले बताएका छन्। साथै कम्पनीले आफ्नो वित्तीय योजनामा समेत प्रभावकारी ढंगले अगाडि बढाउन सक्ने छ। विदेशबाट विभिन्न ब्राण्डको आयातित ल्युब्रिकेन्टलाई प्रतिस्थापन गर्दै नेपाली कम्पनीबाट उत्पादन तथा विकास गरेको ल्युब्रिकेन्टलाई प्रोत्साहन हुने कुरामा कम्पनी विश्वस्त रहेको उनले बताए।

प्रकाशित: २० माघ २०७९ ०१:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App