coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

सेमीहाईटेक प्रविधिले उत्पादनमा ६० प्रतिशत वृद्धी

बेमौसमी खेतीका लागी अती उपयुक्त सेमीहाईटेक प्रविधीबाट कृषी खेती गर्दा आम्दानी बढेपछी यहाँका कृषक त्यस तर्फ आकर्षित भएका छन्। व्यवसायिक कृषिलाई थप व्यवस्थित बनाउन तथा उत्पादनमा वृद्धी हुने भएपछी सेमीहाईटेक प्रविधी बाट कृषी गर्ने किसानको संख्या पनि बढ्दै गएको छ।

थोरै महंगो र सुरुमा लागत बढी लाग्ने भएपनि तरकारी उत्पादनमा वृद्धी हुने भएपछी सेमीहाईटेक प्रविधी तर्फ किसान आकर्षित हुन थालेका छन्। दिर्घकालिक रुपमा कृषी गर्ने किसानका लागी यो प्रविधि लाभदायक देखिएपछी अहिले सेमीहाईटेकमा कृषी गरेर कृषकहरुले मनग्य आम्दानी गरिरहेका छन्।

बेमौसमी तरकारी उत्पादन गरी मनग्य आम्दानी हुने भएपछी सन्धिखर्क–८ का कृषक पुष्करनाथ बञ्जाडेले विगत पाँच वर्षदेखी सेमीहाईटेक प्रविधीबाट कृषी खेती गर्दै आएका छन्। प्रधानमन्त्री कृषी आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई (जोन) को ५० प्रतिशत अनुदानमा सेमीहाईटेक प्रविधी भित्राएका बञ्जाडेले त्यसमा काँक्रो र टमाटर खेती गर्दै आएका छन्। कुल ३० रोपनी क्षेत्रफलमा मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आएको र बार्षिक बिस लाख आम्दानी गर्ने गरेको उनले बताए। ‘वर्षको बिस लाखको तरकारी बेचेको छु,उनले भने,‘खर्च कटाएर १४÷१५ लाख बचाएको हुन्छु।’ २०४६ सालदेखी निरन्तर कृषी खेती गर्दै आएका बञ्जाडेले टनेलेदेखि हाईटेक प्रविधिसम्ममा सबै प्रविधी प्रयोग गरेका छन्। सेमीहाईटेक प्रविधी प्रयोग गर्दा उत्पादनमा ६ गुणाले वृद्धी भएको उनको भनाइ छ।  

छत्रदेव गाउँपालिका वडा नम्बर–४ का कृषक बिष्णु भुसालले दुई वर्ष अँघी यो प्रविधीबाट कृषी खेती सुरु गरे। टनेलमा व्यवसायिक खेती गर्दै आएका भुसाल अनुदानमा सेमीहाईटेक पाएपछी अहिले त्यसमा बेमौसमी तरकारी फलाएर बेचिरहेका छन्। सुरुमा लगानी बढी लगाउन परेपनी प्रविधिमैत्री भएकाले पछी लागत कम हुने उनले बताए। ‘सुरुमा अली बढी खर्च लाग्छ, उनले भने,‘एकपटक खर्च गरेपछी अन्य खर्च कम हुन्छन्, उत्पादन पनि बढी हुन्छ।’

करीब दस वर्ष विदेश बसेर फर्किएपछी सन्धिखर्क नगरपालिका–६, सबस्टेसन नजिकै ८० रोपनीमा व्यवसायिक फलफुल तथा तरकारी खेती गर्दै आएका बाबुराम भुसालले पनि सेमीहाईटेक प्रविधीबाट तरकारी उत्पादन गरिरहेका छन्। सेमीहाईटेक प्रविधी उपयुक्त भएपनि आवश्यक प्राविधिक ज्ञान र अनुभवको कमीले भरपुर फाईदा लिन भने नसकेको उनले बताए। कुलर, पंखा, सिंचाईको सबै सुविधा हाईटेक भित्रै हुने भएकाले खेती गर्न सजिलो रहेको उनको भनाइ छ। ‘सबै सुविधा हुने भएकाले बेमौसमी तरकारी उत्पादन गर्न सहज र सरल छ,उनले भने,‘ज्ञानको अभाव र प्राविधिकहरुको कमीले जती उत्पादन हुनुपर्ने हो त्यती हुन सकेको छैन।’ विदेश बसेर सिकेको ज्ञान, सिप र त्यहाँ कमाएको पैसाले स्वदेशमै केही गर्न खोजेको उनले बताए।

प्रधानमन्त्री कृषी आधुनिकिकरण परियोजना कार्यान्वयन कार्यान्वयन इकाई (जोन) का प्रमुख रामनाथ पाण्डेका अनुसार प्रतिकुल मौसमलाई अनुकुल बनाएर गरिने कृषी प्रणालीलाई सेमीहाईटेक प्रविधी भन्ने गरिन्छ। रोग, किराको जोखिम नरहेको, विषादी छर्किन नपर्ने, मजदुर कम लाग्ने र बेमौसमी खेती गर्न पाईने भएकाले यो प्रविधी कृषीमैत्री भएको उनको भनाइ छ।

खुला ठाउँ तथा टनेलमा हुने उत्पादन भन्दा सेमीहाईटेकमा ५० देखी ६० प्रतिशतले उत्पादन वृद्धी हुने प्रमुख पाण्डेले बताए। हाईटेक भित्रै कुलर, पंखा, पानी सिंचाई गर्ने फोहोरा, थोपा सिंचाई, तापक्रम मिलान लगायतका सुविधा हुने भएकाले बेमौसमी खेतीका लागी अती उपयुक्त रहेको उनको भनाइ छ। उनले भने,‘दिर्घकालीन रुपमा कृषी गर्ने किसानका लागी यो उपयुक्त छ । सुरुमा एकैपटक धेरै लगानी लाउनु पर्छ, तर किसानमैत्री प्रविधी भएकाले यो गरिखाने किसानका लागी दिर्घकालसम्म फाईदा पु¥याउँछ।’

नयाँ प्रविधि र केही महंगो भएकाले अहिले अर्घाखाँची जिल्लाभर ९ जनाले मात्र यो प्रविधीबाट तरकारी खेती गरिरहेका छन्। गर्न सके बजारको अभाव छैन। कपिलवस्तु, रुपन्देही, पाल्पा र भारत सम्म पनि यहाँको तरकारी पु¥याउन सकिन्छ। उत्पादन भरपुर हुने र मनग्य आम्दानी गर्न सकिने भएपछी सेमीहाईटेक प्रविधी भित्राउने किसानको संख्यामा वृद्धी हुँदै गएको देखिन्छ।

प्रकाशित: १९ माघ २०७९ १३:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App