७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

एडी रिलिजका प्रवन्ध निर्देशक सुवेदी सम्मानित

नेपाल टेलिभिजनको ३८ औं वार्षिकोत्सवको अवसरमा एडी रिलिजका प्रवन्ध निर्देशक हरिशरण सुवेदीलाई सम्मान गरिएको छ।

आर्थिक वर्ष २०७८/७९ मा नेपाल टेलिभिजनसँग उत्कृष्ट व्यापारिक कारोबार गरेकाले उनलाई मंगलवार प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आतिथ्यतामा आयोजित समारोहमा सम्मान गरिएको हो। समारोहमा प्रवन्ध निर्देशक सुवेदीलाई सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले उत्कृष्ट विज्ञापन एन्जेन्सीको अवार्डबाट सम्मान गरिएको थियो।

२०७० सालमा स्थापना भएको एडी रिलिजको स्थापनादेखि नै प्रवन्ध निर्देशकको रूपमा जिम्मेवारी सम्हालेका सुवेदीको संस्थाले टेलिभिजन, एफएम, पत्रपत्रिका, फिल्म हलहरूमा विज्ञापन संयोजन गर्ने कार्य सफलता पूर्वक गर्दै आएको छ।

एडी रिलिज नेपालमा सञ्चालित विभिन्न विज्ञापन बाइङ एजेन्सीहरूमध्ये उत्कृष्ट एजेन्सीको रूपमा रहँदै आएको छ। अधिकांश टेलिभिजनहरूलाई ठूलो परिमाणमा विज्ञापन उपलब्ध गराउने कम्पनीको रूपमा एडी रिलिज स्थापित छ।

प्रकाशित: १८ माघ २०७९ ०३:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App