१८ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

उद्योगी व्यापारीहरुको नीतिगत समस्या समाधान सरकारको पहिलो प्राथमिकताः मन्त्री भण्डारी

उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारीले सरकारले उद्योगी व्यापारीहरुको नीतिगत समस्या समाधानलाई पहिलो प्राथमितामा राखेको बताएका छन्। 

उद्योगी व्यापारीहरुले भोग्दै आएको नीतिगत समस्या समाधान गर्न आफूले संसद सुरु भएको पहिलो बैठकमै सो बिषय प्रबेश गराउने उनले बताए। कपिलवस्तुको बाणगंगा नगरपालिकाको चन्द्रौटामा कपिललस्तु उद्योग बाणिज्य संघद्धारा आयोजित १३ कपिलवस्तु महोत्सव तथा कृषि पर्यटक प्रर्दशनीमा उनले सो कुरा बताएका हुन्।

उनले निजी क्षेत्रलाई पर राखेर देशको आर्थिक विकास असम्भव भएको भन्दै मुलुकको अर्थतन्त्रलाई माथी उठाउन नीजि क्षेत्रलाई प्रोत्साहन गरिने बताए। सरकारले नीजी क्षेत्रलाई प्रोत्साहन गर्न तयार रहेको र त्यसैका लागि २१ बुदे साझा कार्यक्रम समेत ल्याइएको उनले बताए। उनले वर्तमान अवस्थामा नेपालको अर्थतन्त्र संकुचन भई खुम्चिएको बताए। ‘ उद्योग व्यापार पर्यटन सबै क्षेत्रहरु अहिले संकुचनमा परेका छन’ उनले भने ‘यसलाई माथी उठाउन ठूलो चुनौती छ।’ उनले राजनीति दलमाथी अहिले २ वटा प्रश्नको घेरामा रहेको भन्दै थेग्नै नसक्ने व्यापार घाटा र जनशक्तिको वैदेशिक पयालन अहिले देश कै प्रमुख चुनौती रहेको औल्याए। अहिले ती प्रमुख २ चुनातीको सम्बोधन गर्नु प्रमुख राष्ट्रिय आवश्यक्ता रहेको उनले बताए।

उनले चालु आर्थिक बर्षको ६ महिनामा पुजीगत खर्च जम्मा ६ प्रतिशत हुनु चिन्ताजनक बिषय रहेको भन्दै समस्याबाट भागेर भन्दा समाधानको उपाय खोज्नु राम्रो भएको बताए। उनले वर्तमान सरकार दृढ ईच्छा शक्तिमा रहेको भन्दै सरकारले आगामी आर्थिक वर्षका लागि बजेट निर्माणको सुरुवात गर्न समते लागेको बताए। कार्यक्रममा उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष चन्डीराज ढकाले सरकारले निजी क्षेत्रलाई खासै केही नगरेको बताए। उनले सरकारले नीजी क्षत्रको भोगको समस्याको अबिलम्ब समाधानका लागि बाटो खोल्नु पर्ने बताए।  

प्रकाशित: १७ माघ २०७९ १४:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App