१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

सूर्यज्योतिका कर्मचारीलाई तालिम

सूर्यज्योति लाइफ इन्स्योरेन्सले कर्मचारीहरूलाई प्राविधिक तथा बजार व्यवस्थापन कार्यक्षमता अभिवृद्धि तथा उत्प्रेरणामूलक तालिम दिएको छ। देशभरका करिब ३०० जना कर्मचारीलाई कम्पनीले त्यस्तो तालिम दिएको हो।  

सो तालिम कार्यक्रममा कम्पनीका कर्पोरेट ट्रेनर रबिन कटुवालले व्यक्तित्व विकास र सेल्स सम्बन्धी ट्रेनिङ दिएका थिए। साथै कार्यक्रममा व्यावसायिक लक्ष्य हासिल गर्नुका साथै कार्यालय सञ्चालनमा उत्कृष्ट योगदान पुर्याउने कर्मचारीलाई समेत कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले सम्मान गरेका थिए।  

कार्यक्रममा ३ जना जोनल हेड ,३ जना प्रोभिन्स हेड, ५ जना रिजनल म्यानेजर १० जना शाखा प्रमुख, १२ जना कार्यालय सञ्चालनमा सहयोग पुर्याउने कर्मचारी तथा १५ जना सेल्स एक्जुकेटिभ गरी ४८ जना उत्कृष्ट कर्मचारीहरूलाई सम्मान गरिएको कम्पनीले जनाएको छ।  

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले यस तालिमबाट कर्मचारीहरूले कम्पनीको हालको अवस्था, आगामी बजार विस्तार योजना र रणनीति सम्बन्धी बृहत् ज्ञान हासिल गर्नुका साथै उत्साहित र थप ऊर्जावान भएको बताएका छन्।  

प्रकाशित: ११ माघ २०७९ ०३:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App