१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

हुन्डेको नयाँ थ्रि–एस सेन्टर विर्तामोडमा

विर्तामोड– नेपालका लागि हुन्डे गाडीको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले बिर्तामोडका लागि आफ्नो डिलर न्यु अटो प्लाजा कन्सर्न प्रालिसँगको सहकार्यमा विर्तामोडमा हुन्डेको नयाँ थ्रि–एस सेन्टर स्थापना गरेको छ। उक्त थ्रि–एस सेन्टरमार्फत ग्राहकले सुविधा सम्पन्न बिक्री कक्ष, अत्याधुनिक मर्मत सेवा तथा हुन्डे जेनुयिन स्पेर पार्टस् खरिद सेवा एकै छानामुनि प्राप्त गर्नसक्ने छन्।  

उक्त थ्रि–एस सेन्टर न्यु अटो प्लाजा कन्सर्न प्रालिका तर्फबाट चन्द्रमाया थापा र लक्ष्मी इन्टर कन्टिनेन्टल प्रालिका कार्यकारी निर्देशक निराकार श्रेष्ठले संयुक्त रूपमा उद्घाटन गरेका हुन्।

अन्तर्राष्ट्रिय स्तरको उक्त सोरुममा एकैचोटि ५–६ वटा हुन्डे ब्रान्डका विभिन्न मोडेलका गाडी अटाउन सक्छन्। ग्राहकको सुविधाका लागि लाउन्ज, परामर्श कोठा तथा तालिम प्राप्त बिक्री परामर्शदाताहरूको व्यवस्था गरिएको कम्पनीले जनाएको छ।  

ग्राहकलाई बिक्रीपछि गुणस्तरीय मर्मतसम्भार सेवा उपलब्ध गराउने हेतुले निर्मित अत्याधुनिक सर्भिस सेन्टरमा तालिमप्राप्त दक्ष जनशक्तिकोे व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार एयरकन्डिसन तथा वाईफाई युक्त ग्राहक आराम कक्ष, पर्याप्त पार्किङको व्यवस्था तथा मासिक ४५० गाडी मर्मत तथा सर्भिस गर्ने क्षमता युक्त यो सर्भिस सेन्टर आफैमा विश्वस्तरीय छ। यसको साथै यहाँ हुन्डे जेनुयिन स्पेर पार्टस्को पर्याप्त मौज्दातको साथै बिक्री सेवाको पनि व्यवस्था छ।   

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले सन् २००९ फेबु्रअरीदेखि नेपालमा हुन्डे ब्रान्डका सवारी साधन आयात र बिक्री गर्दै आएको छ।  

कम्पनीले निकट भविष्यमै काठमाडौं तथा नेपालका अन्य शहरहरुमा थप सोरुम तथा सेवा विस्तार गर्ने लक्ष्य लिएको छ । विर्तामोडको नयाँ थ्रि–एस सेन्टरले अन्तर्राष्ट्रिय स्तरको ग्राहक सेवा दिनुका साथै गाडी खरिदको नौलो अनुभूति प्रदान गर्ने कम्पनीको विश्वास गरेको छ।

 

प्रकाशित: २७ श्रावण २०७३ १०:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App