४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

नेपाल बैंकको ६३ औं वार्षिक साधारणसभा

नेपाल बैंकको ६३ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ। सञ्चालक समितिका अध्यक्ष गंगाप्रसाद ज्ञवालीको सभापतित्वमा उक्त साधारणसभा सम्पन्न भएको हो।  

सभाले बैंकको आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९ असार मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०७८/७९ को नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू पारित गर्दै सम्पन्न भएको छ।

सभाले हालको चुक्ता पुँजी १४ अर्ब ४० करोड ५९ लाखको २ प्रतिशतका दरले हुन आउने २८ करोड ८१ लाख १८ हजार रूपैयाँ बराबरको बोनस शेयरर चुक्ता पुँजीको १० प्रतिशतका दरले हुन आउने १ अर्ब ४४ करोड ५ लाख ९० हजार रूपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको जनाएको छ।  

साथै, सभाले बोनस शेयर वितरणबाट बैंकको साविक जारी तथा चुक्ता पुँजीमा वृद्धि गरी १४ अर्ब ६९ करोड ४० लाख २२ हजार रूपैयाँ कायम गर्ने र सोहीबमोजिम प्रवन्धपत्र तथा नियमावलीको सम्बन्धित दफामा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ। यस्तै, कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७९/८० का लागि चार्टर्ड एकाउण्टेण्ट त्रय नरेन्द्र भट्टराई, जगन्नाथ उपाध्याय र सुनिरकुमार ढुंगेललाई लेखापरीक्षकमा नियुक्त गर्ने लगायत साधारणसभामा पेश भएका अन्य प्रस्ताव समेत सर्वसम्मत रूपमा पारित गरेको जनाएको छ।

प्रकाशित: ३ माघ २०७९ ०३:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App