मेगा क्यापिटल मार्केट्सले ‘मेगा इन्सर्ड पोर्टफोलियो’ सेवा सञ्चालनमा ल्याएको छ।
कम्पनीले लगानी व्यवस्थापन सेवाअन्तर्गत ग्राहकवर्गलाई उचित प्रतिफलका साथै दुर्घटना तथा स्वास्थ्यमा आउन सक्ने जोखिम खर्चलाई सहजता प्रदान गर्ने बिमा आवद्घ गरी नयाँ सेवा सञ्चालनमा ल्याएको हो।
यस सेवाले ग्राहकलाई दुर्घटना तथा स्वास्थ्य अनुकूल नहुनाले अस्पताल भर्नाको आकस्मिक खर्चबाट सुरक्षा प्रदान गर्नुका साथै शेयर बजारमा हुने लागानीको जोखिमलाई समेत न्यूनीकरण गरी उचित प्रतिफल प्रदान गर्नेमा केन्द्रित रहेको कम्पनीले जनाएको छ। ढुक्क साथ भविष्यका लागि लगानी रकम थप वृद्घि गरी अझै उज्ज्वल तथा समृद्घ भविष्य परिकल्पना गर्न सहयोग पुग्ने विश्वास कम्पनीले लिएको छ।
प्रकाशित: १ माघ २०७९ ०२:०४ आइतबार