coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सातौं म्याग्दी महोत्सव सुरु

म्याग्दी उद्योग वाणिज्य संघको मूल आयोजनामा बिहिबारदेखि सातौं म्याग्दी महोत्सवको सुरु भएको छ। बेनीको खुलामञ्चमा पुस २८ गतेदेखि माघ ७ गतेसम्म हुने सातौं म्याग्दी महोत्सव, माघेसङ्क्रान्ति मेला, गण्डकी प्रदेशस्तरीय कृषि, औद्योगिक, व्यापार मेलाको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले गरे।

प्रमुख अतिथि तिमिल्सिनाले महोत्सवले आर्थिक तथा कला र संस्कृतिको जर्गेना गर्ने बताए। महोत्सवको उद्घाटन सत्रमा बोल्ने बक्ताहरुले कृषि, पर्यटन र जलविद्युत म्याग्दीको प्रमुख आधार भएकाले आर्थिक गतिविधिलाई चलायमान बनाउन निजी तथा सरकारी निकायको बलियो सहकार्य आवश्यकता रहेको बताएका थिए। 

कोरोना, आर्थिक मन्दी लगायतका कारण आर्थिक क्षेत्रमा परेको प्रभावलाई मध्यजनर गरी राहत तथा सहुलीयतका योजनाहरु ल्याउनुपर्नेमा जोड दिइएको थियो। महोत्सवको अवसरमा विभिन्न संघसंस्थाको जनजातिका झाँकी र भेषभूषा सहित बेनीबजार परिक्रममा गरिरएको हो। महोत्सवलाई लक्षित गरी बेनीबजारलाई बेहूली झै धपक्क सिंगारिएको छ।

बेनीमा परम्परागत रुपमा लाग्दै आइरहेको माघेसङ्क्रान्ति मेलालाई जगाउन माघी पर्वको अवसर पारेर महोत्सव आयोजना गरिएको हो। विगतमा कोरोना भाइरसृका कारण महोत्सव स्थगित भएकोमा यसपटक सहज वातावरण भएकाले आयोजना गरिएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले बताए। महोत्सवमा स्थानीय उत्पादनको प्रदर्शनी र बिक्री–वितरण, कला, संस्कृति तथा भेषभूषाको जगेर्नाका साथै म्याग्दीका धार्मिक, ऐतिहासिक र पर्यटकीय स्थलहरुको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य रहेको  अध्यक्ष कुटवालको भनाइ छ।

महोत्सवस्थलमा व्यापारिक र अन्य गरी कुल २ सय ५८ वटा स्टलहरु रहने छन्भने फोटो र वृत्तचित्र प्रदर्शनी गरिनेछ। यसैगरी महोत्सवको आकर्षणतर्फ कालीगण्डकी नदीमा ¥याफ्टिङ, लभ्लीहिलसम्म घोडा सफारी, धौलागिरि बेसक्याम्पसम्म हेलिकप्टरमा सयर, खुल्ला लोकदोहोरी तथा रत्यौली गीत प्रतियोगिता, जातजाति, जनजातिका झाँकी र भेषभूषाको प्रदर्शनी, पालिकास्तरीय पुख्र्यौली नाच प्रतियोगितालगायत रहेको महासचिव अमित बानियाँले बताए।  यसपटकको महोत्सवमा जिल्लाभित्रका विभिन्न जातिय संघसंस्थाको उत्साहजनक उपस्थिती रहेको थियो।  

महोत्सवमा स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका वस्तु एवं सेवाहरुको स्टल प्रदर्शनी खेलकुद तथा रमाइलो मेला समेत गरिने जनाइएको छ। महोत्सवमा आयतर्फ कुल एक करोड २४ लाख ८७ हजार रुपैयाँ प्रस्ताव गरिएको छ भने व्ययतर्फ एक करोड १५ लाख ७७ हजार दुईसय ११ रुपैयाँ प्रस्ताव गरिएको छ। बेनीमा २०५७ सालदेखि माघेसङ्क्रान्ति मेला लगाउन सुरु गरिएकोमा २०६० सालबाट म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा म्याग्दी महोत्सव लगाउन सुरु गरिएको थियो। 

हरेक तीन–तीन वर्षको अन्तरालमा महोत्सव आयोजना गर्ने गरिए पनि सातौं महोत्सव भने विश्वभर फैलिएको कोरोना भाइरस र लकडाउनका कारण यसवर्ष आयोजना गरिएको हो। म्याग्दी उद्योग वाणिज्य संघ म्याग्दी, नेपाल उद्योग वाणिज्य संघ गण्डकी प्रदेश र नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौं मुख्य आयोजक रहेको सातौं म्याग्दी महोत्सव एवं माघेसङ्क्रान्ति मेलाको आयोजकमा जिल्ला समन्वय समिति म्याग्दी, बेनी नगरपालिका, अन्नपूर्ण, रघुगंगा, मंगला, मालिका र धवलागिरि गाउँपालिका आयोजक रहेका छन्भने नेपाल पर्यटन बोर्ड प्रवद्र्धक रहेको छ।

           

प्रकाशित: २८ पुस २०७९ १३:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App