६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

हिडन एक्सन ले सिक्लेस माघे संक्रान्ति मेला २०२३ मा बाइक स्टन्ट गर्ने

भक्तपुरको बाइक स्टन्ट स्कूल हिडन एक्सनले सिक्लेस माघे संक्रान्ति मेला २०२३ मा फ्री स्टाइल स्टन्ट शो आयोजना गर्ने भएको छ।

श्री सिक्लेस युथ क्लबले आफ्नो २८ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको सिक्लेस माघे संक्रान्ति मेला २०२३ मा सहभागी टिम हिडन एक्सन र क्रसफायर मोटरसाइकल नेपालले माघ ३ गते बाइक स्टन्ट प्रदर्शन गर्न लागेको हो। 

दुई महिलासहित आठ सदस्यीय टोलीले स्टन्ट प्रदर्शन गर्नेछन्। हिडन एक्सनका संस्थापक सुरज डन्डेगुलु, सुशान्त चौधरी, निखिल शाह, विपिन गुरुङ, जेशिस महर्जन, प्रज्वल श्रेष्ठ, सिर्जना कपाली र रोशनी भण्डारीले फ्रिस्टाइल स्टन्ट शोमा प्रस्तुति दिनेछन्।

हिडन एक्सनका संस्थापक सुरज डन्डेगुलुका अनुसार यो शोको मुख्य उद्देश्य नेपालभर बाइक स्टन्ट प्रवर्द्धन गर्नु हो। स्टन्ट प्रदर्शन कार्यक्रमले सिक्लेस गाउँलाई पर्यटकीय गन्तव्यका रूपमा प्रवर्द्धन गर्न चाहेको डन्डेगुलुले बताए ।

'बाइक स्टन्टहरू आफैलाई अभिव्यक्त गर्ने रोमाञ्चक तरिका हो। हामीले यसलाई सुरक्षित र नियन्त्रित वातावरणमा अभ्यास गर्नलाई प्रोत्साहन गर्छौं,’ उनले भने। बाइक चलाउनु रमाइलो गतिविधि भएपनि सुरक्षालाई जहिले पनि प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ। उनले भने, ‘पर्यटन प्रवर्द्धनका लागि मात्र नभई यस शो मार्फत बाइक चलाउँदा यात्रुको सुरक्षाबारे पनि जनतालाई सचेत गराउन चाहन्छौँ।'

प्रकाशित: २८ पुस २०७९ ११:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App