१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

युनाइटेड इन्स्योरेन्सको २९ औं वार्षिक साधारणसभा सम्पन्न

युनाइटेड इन्स्योरेन्स कम्पनीको २९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।

सभामा सञ्चालक समितको आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन, २०७९ साल असार मसान्तसम्मको वासलात, नाफानोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरू पारित गरिएको छ। यस्तै आर्थिक वर्ष २०७९/८० का लागि बाह्य लेखापरीक्षक एमजिएस एण्ड एशोसिएट्स चार्टर्ड एकाउन्टेन्ट्स समेत नियुक्त गरिएको छ।

सभामा कम्पनीको हाल कायम चुक्ता पुँजीको ५ प्रतिशतले हुन आउने ५ करोड १४ लाख ८ हजार रूपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि नगद लाभांश ०.२६३२ प्रतिशतले हुन आउने २७ करोड ५ लाख ६८ हजार वितरण गर्ने तथा सोही बमोजिम प्रबन्धपत्र नियमावलीमा आवश्यक संशोधनको समेत निर्णय गरिएको छ। 

प्रकाशित: २८ पुस २०७९ ०५:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App