coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

खराब मौसमका कारण ६१ हवाई उडान रद्द

फाइल तस्वीर

खराब मौसमका कारण आन्तरिकतर्फका ६१ हवाई उडानहरू रद्द भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलका प्रवक्ता टेकनाथ सिटैलाले नागरिकलाई दिएको जानकारी अनुसारसबै उडान खराब मौसमका कारण रद्द भएका हुन्।

प्रवक्ता सिटौलाले भने त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलबाट १८ एयरक्राफ्ट मार्फत उडान गर्ने तालिका अनुसार ‘मंगलबार १ सय १९ उडान हुनुपर्नेमा ६१ उडान खराब मैसमका कारणले रद्द भएका छन्। आज विमानस्थलमा आन्तरिक तर्फका जम्मा ५८ हवाई उडानहरू मात्र भएका छन्।’

प्रवक्ता सिटौलाले उपलब्ध गराएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तथ्यांकअनुसार सबैभन्दा धेरै बुद्ध एयरको उडान रद्द भएका छन्। बुद्ध एयरको ३३ वटा उडान रोकिएको तथ्यांकले देखाएको छ। मंगलबार कुल ६१ उडानका लागि समय तालिका बनाएको बुद्ध एयरको ६ वटा उडान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट र बाँकी उडान अन्य विमानस्थल उडाउने तय गरिएको थियो। बुद्ध एयरका भैरहवा, विराटनगर, पोखरा, भद्रपुर, धनगढी जनकपुर, राजविराजलगायतका स्थानबाट हुने उडान रद्द भएका छन्।

बुद्ध एयरपछि यती एयरको हवाई उडान रद्द भएको संख्या दोस्रो स्थानमा रहेको छ। तथ्यांकअनुसार यती एयरको १४ वटा हवाई उडान रद्द भएका छन्। कुल २३ उडान मध्ये २ उडान अन्तर्राष्ट्रिय विमानस्थलबाट र बाँकी उडानहरू अन्य विमानस्थलबाट गर्ने तालिका बनाइएको थियो। यतीका पोखरा, विराटनगर, भैरहवा, भद्रपुर, जनकपुरलगायतका स्थानका हवाइ उडानहरू रद्द भएको तथ्याङकले देखाएको छ।

यस्तै श्री एयरलाइन्सको १० उडानहरू रद्द भएका छन्। जम्मा २० हवाई उडानहरू तय भएकोमा अन्तर्राष्ट्रिय विमानस्थलबाट २ र बाँकी अन्य विमानस्थलबाट गर्ने तालिका तय भएको थियो। श्री एयरको विराटनगर, नेपालगञ्ज, धनगढी लगायतका स्थानबाट गरिने उडानहरू रद्द भएका हुन्। यसका साथै सौर्य एयरको ३ र गुणको १ उडानहरू पनि रद्द भएका छन्। 

प्रकाशित: २७ पुस २०७९ ०५:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App