७ वैशाख २०८१ शुक्रबार
अर्थ

मुक्तिनाथ विकास बैंक ‘आत्मनिर्भर ग्रिन प्रोजेक्ट’ गर्दै

मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ आत्मनिर्भर ग्रिन प्रोजेक्ट’ अभियान सञ्चालन गरेको छ। बैंक १७ औं वर्षमा प्रवेश गरेसँगै दिगो विकासमा टेवा पुग्ने सामाजिक उत्तरदायित्व अभियानलाई निरन्तरता दिँदै उक्त अभियान सञ्चालनमा ल्याएको हो।

अभियानअन्तर्गत बैंकले देशभरका विभिन्न अनाथालय तथा वृद्धााश्रमहरू छनौट गरी आवश्यकता अनुसार थोपासिँचाइ करेसा बारीको निर्माण, तरकारीहरूको बीउ तथा कुहिने फोहोर व्यवस्थापनका लागि चाहिने डिकम्पोजर हस्तान्तरण गरेको छ।

यस्तै दैनिक रूपमा आवश्यक पर्ने तरकारी तथा मल थोरै परिमाणमा भए पनि आश्रम भित्रै उत्पादन गरी आत्मनिर्भता र संलग्नताको लागि प्रोत्साहन गर्न बैंकले यो अभियानको सुरुवात गरेको जनाएको छ।

यसबाट संस्थामा रहेका सदस्यहरूमा कृषि र फोहोर व्यवस्थापनको बारे जागरुकता सिर्जना हुने बैंकले विश्वास लिएको छ।

प्रकाशित: २७ पुस २०७९ ०५:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App