३० वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

निजी क्षेत्र हतोत्साही हुनुपर्ने अवस्था छैनः मुख्यसचिव बैरागी

नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले निजी क्षेत्र हतोत्साही हुनुपर्ने अवस्था नरहेको बताएका छन।  

सोमवार काठमाडौंमा भएको ग्लोवल आईएमई बैंक र बैंक काठमाण्डुबीचको एकीकृत कारोबार शुरु भएको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएका हुन। उनले देशको अर्थतन्त्र निरन्तर सकारात्मक बन्दै गइरहेकाले निजी क्षेत्र लगानी गर्नका लागि आत्तिनु नपर्ने बताए। मुख्यसचिव बैरागीले पछिल्लो समय अर्थतन्त्रमा सकारात्मक संकेत देखापरेको जानकारी दिए।  

उनले अर्थतन्त्रका सूचकहरुमा समेत सुधार हुँदै गइरहेको अवस्थामा बैंकहरु मर्जर भइ देशकै ठूलो बैंक बनेको ग्लोवल आईएमई बैंकको कारोबारपछि सूचकमा झनै राम्रो हुने धारणा राखे। उनले निजी क्षेत्रलाई सरकारको साथ सदैव रहेको भन्दै सरकार निजी क्षेत्रको मनोबल कसरी बढाउने भन्नेबारेमा लागिपरेको बताए। उनले वर्तमान सरकारको प्राथमिकतामा नै अर्थतन्त्र परेकाले निजी क्षेत्रले आफ्नो मनोबल बढास्र एक जुट भइ काम गर्न आवश्यक रहेको जानकारी दिए।  

मुख्यसचि बैरागीले निजी क्षेत्रहरु एकजुट भइ काम गर्ने हो भने लगानी गर्नेकुरामा सोचेको परिणाम प्राप्त हुने धारणा राखे।  

प्रकाशित: २५ पुस २०७९ ०६:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App