१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

नेपाल लाइफका अभिकर्तालाई प्रशिक्षण

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले एक दिवसीय अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। अन्तर्राष्ट्रिय प्रशिक्षकद्वारा प्रशिक्षण दिइएको यस कार्यक्रममा देशभरबाट ८०० जना अभिकर्ता तथा एजेन्सी म्यानेजरहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा कम्पनीका सिइओ प्रवीणरमण पराजुलीले अभिकर्ताहरूलाई स्वागत गर्दै उनीहरूको सिकाइमा थप टेवा पुग्ने बताए। यसले उनीहरूको व्यक्तित्व विकासमा सहयोग पुर्‍याउनुका साथै व्यवसाय विस्तारका लागि समेत उपयोगी सीपहरू विकास गर्न सहज हुने कुरा व्यक्त गरेका छन्।

कार्यक्रमका सहभागीहरूलाई प्रशिक्षण दिन भारतको मुम्बइबाट जीवन बीमाका चर्चित प्रशिक्षक तथा सफल जीवन बीमा अभिकर्ता राजेश सतोष्कार उपस्थित थिए।

प्रकाशित: २५ पुस २०७९ ०५:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App