५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

सापकोटा बेलायतका पर्यटन सद्भाव दूत

सरकारले गैर आवासीय नेपाली (एनआरएन) सोम सापकोटालाई बेलायतको वेल्सका लागि पर्यटन सद्भावना दूत नियुक्त गरेको छ।

विदेशमा नेपालको पर्यटन प्रवर्द्धन गर्न सक्रिय रूपमा काम गर्दै आएका सापकोटालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मन्त्री स्तरीय निर्णयबाट पर्यटन दूत नियुक्त गरिएको हो।  

शुक्रबार पर्यटन मन्त्रालयमा आयोजित एक समारोहबीच सापकोटालाई पर्यटन सचिव सुरेश अधिकारीले नियुक्ति पत्र हस्तान्तरण गरेका थिए। राज्यले दिएको जिम्मेवारी पूरा गर्ने प्रतिवद्धता सापकोटाले जनाए।

एनआरएनएको पर्यटन प्रवद्र्धन कमिटीमा बसेर काम गरेका सापकोटा यसअघि डेनमार्क, माल्टा लगायत मुलुकका लागि नेपाल पर्यटन बोर्डको मानार्थ प्रतिनिधि थिए। सापकोटा अहिले गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को प्रवक्ता तथा पर्यटन प्रवर्द्धन समितिको संयोजक छन्।

प्रकाशित: २५ पुस २०७९ ०४:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App