१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

दुई बैंकको संयुक्त प्रभातफेरी कार्यक्रम

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूले संयुक्त रूपमा देशव्यापी प्रभातफेरी कार्यक्रम आयोजना गरेका छन्।

ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू एकापसमा गाभिएपछि काठमाडौं उपत्यकासहित नेपालका मुख्यमुख्य शहरहरूमा संयुक्त प्रभातफेरी कार्यक्रम आयोजना गरेका हुन्।

दुबै बैंकले यही पुस २५ गतेदेखि ग्लोबल आइएमई बैंकको नामबाट संयुक्त कारोबार सुरु गर्दैछन्। प्रभातफेरीमा ग्लोबल आइएमईका अध्यक्ष चन्द्रप्रसाद ढकाल, दुवै बैंकका सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृतहरूलगायत १ हजारभन्दा बढी कर्मचारीको उपस्थिति रहेको बैंकले जनाएको छ।

वित्तीय साक्षरतामूलक प्लेकार्ड तथा व्यानरसहित प्रभातफेरीमा उपस्थित कर्मचारीहरूले काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानबाट हिँड्दै शहरको मुख्य-मुख्य भागको परिक्रमा गरेका थिए भने काठमाडौं उपत्यका बाहिर पनि मुख्यमुख्य शहरमा परिक्रमा गरेका थिए।  

प्रकाशित: २५ पुस २०७९ ०४:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App