१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

मुक्तिनाथ बैंकद्वारा विभिन्न कार्यक्रम र अभियान सुरु

मुक्तिनाथ विकास बैंक १७ वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएका छन्। यस अवसरमा बैंकले डिजिटल माध्यमद्वारा एकैसाथ १३ वटा नयाँ शाखा तथा एक्सटेन्सन काउन्टरको केन्द्रीय कार्यालयबाटै औपचारिक तवरले उद्घाटन गरेको छ।

उद्घाटन समारोहमा अध्यक्ष भरतराज ढकालले सधैं गुणस्तरीय सेवा प्रदान गर्दै अगाडि बढ्ने र विभिन्न वित्तीय तथा गैरवित्तीय सेवाको माध्यमद्वारा देशको अर्थतन्त्र र विकासमा बैंकले योगदान दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

सोही अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकले हासिल गरेका उपलब्धि, वर्तमान चुनौतीका साथै भावी रणनीतिको बारेमा प्रकाश पार्दै सामाजिक उतरदायित्वअन्तर्गत विभिन्न अभियान सञ्चालन गरिएको बताए।

यसअन्तर्गत बैंकले देशका विभिन्न स्थानमा रक्तदान कार्यक्रम गरी १ सय ७४ युनिट रगत संकलन गरेको छ। विभिन्न स्कुल तथा उच्च माध्यमिक विद्यालयमार्फत कक्षा ११ र १२ का विद्यार्थीलाई छात्रवृत्ति तथा विविध सामग्री वितरण गरेको छ। 

प्रकाशित: २० पुस २०७९ ०२:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App