१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

होटल व्यवसायी महासंघको महाधिवेशन चितवनमा

होटल व्यवसायी महासंघको चौथो राष्ट्रिय सम्मेलन तथा महाधिवेशन चितवनमा हुने भएको छ।

महासंघका अध्यक्ष हीराध्वज शाहले यही पुस १९ र २० गते भरतपुरमा सम्मेलन गर्ने जनाए। महासंघले समग्र व्यवसाय नै पर्यटनमैत्री बनाउने दिशामा अग्रसर गराउँदै आइरहेकाले सम्मेलनबाट चितवनको पर्यटन क्षेत्र चलयमान हुने आशा गरिएको छ। सम्मेलनमा देशभरका प्रदेश संघ, जिल्ला संघ तथा इकाईहरूबाट सम्पूर्ण व्यवसायीको प्रतिनिधित्व गर्दै करिब सात सय प्रतिनिधि तथा पर्यवेक्षकको सहभागिता रहने उनले बताए।

महासंघका वरिष्ठ उपाध्यक्ष दिनेशकुमार चुकेले कोरोना तथा आर्थिक मन्दीको कारणले २० देखि ३० प्रतिशत व्यवसायी पलायन भएको बताए। उनले थपे, ‘नारायणगढ बजारमा पनि अधिकांश सटर अहिले बन्द भएका छन्। व्यवसायमा पूरै मन्दी आएको छ। सम्मेलनले व्यवसाय क्षेत्रमा केही आशाको सञ्चार गर्नेछ।’ सम्मेलनमा पर्यटन सम्बन्धी विभिन्न प्रस्तुति र कार्यशाला पनि हुने उपाध्यक्ष चुकेले जनाए। उनले भने, ‘राष्ट्रिय सम्मेलनबाट भरतपुर महानगरको पर्यटकीय गतिविधि चलायमान पनि हुनेछ।’

विसं २०६७ मा स्थापना भएको होटल व्यवसायी संघको पहिलो महाधिवेशन पनि चितवनमा नै भएको थियो।

यसपटक हुने चौथो महाअधिवेशन तथा दशौं वार्षिक साधारणसभा उदघाटनअघि भरतपुरको चौबीस कोठीबाट उदघाटनस्थलसम्म विभिन्न सांस्कृतिक झाँकीसहितको प्रभात फेरी गरिनेछ। रासस

प्रकाशित: १८ पुस २०७९ ०४:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App