१४ चैत्र २०८२ शनिबार
image/svg+xml
अर्थ

कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैंक गाभिँदै

फाइल तस्वीर

कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैंक १ः१ शेयर अनुपातमा गाभिने भएका छन्। गाभिएपछि यसलाई कुमारी बैंक लिमिटेडकै नामले सञ्चालन गरिने भएको छ।

कुमारी बैंकका अध्यक्ष अमिर प्रताप जबरा राणा र नेपाल क्रेडिट एण्ड कमर्स बैंकका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले संयुक्त रूपमा उद्घाटन गरेपछि कुमारी बैंक लिमिटेडले एकीकृत वित्तीय कारोबार सुरु गरेको छ।

कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले हालको आर्थिक परिस्थिति र अर्थतन्त्रलाई गतिशील बनाउनुपर्ने आजको आवश्यकता रहेको उल्लेख गर्दै एकापसमा गाभिने निर्णय सुखद र सकारात्मक रहेको बताए।

दुई संस्था गाभिएपछि चुक्ता पुँजी २६ अर्ब २३ करोड, कूल निक्षेप ३ खर्ब २ अर्ब र कर्जा २ खर्ब ८० अर्ब रूपैयाँ पुगेको बैंकले बताएको छ।

प्रकाशित: १८ पुस २०७९ ०२:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App