८ वैशाख २०८१ शनिबार
अर्थ

तनहुँको आँबुखैरेनीमा नबिल बैंकको शाखा सञ्चालन

तनहुँको आँबुखैरेनीमा नबिल बैंकले आफ्नो सेवा सुरु गरेको छ। बैंकले आफ्नो दुई सय ३६ औं शाखा तनहुँको आबुखैरेनी बजारमा सोमबारदेखि सञ्चालनमा ल्याएको बैंकको व्यास क्लस्टरका प्रमुख हरि ढकालले बताए।

यस शाखाको सञ्चालनबाट तनहुँको आबुखैरेनी, सत्रसय, यम्पा, बरादी, डुम्रे बजार, गोरखाको च्याङ्ली, देउराली, दसकिलो, मनकामना आसपासको क्षेत्र लगायत चितवनको मुग्लिनदेखि कुरिनटारसम्मका ग्राहकलाई बैंकिङ सेवा प्राप्त गर्न सहज हुने उनले बताए।

यो शाखा विस्तारसँगै स्थानीय बासिन्दा, कृषक, व्यवसायी, निर्माण व्यवसायी, विद्यार्थीलगायत सम्पूर्ण ग्राहकले बैंकमा खाता खोल्ने, निक्षेप जम्मा गर्ने, ऋण कर्जा तथा बैंक ग्यारेण्टी सुविधा र विप्रेषण भुक्तानीलगायत सम्पूर्ण बैंकिङ सेवा ग्राहकले पाउनेछन्।

विगत ३८ वर्षदेखि ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको नबिल बैंकको नयाँ शाखाले ग्राहकलाई पूर्ण रूपमा अत्याधुनिक बैंकिङ सेवाहरू प्रदान गर्ने क्लस्टर प्रमुख ढकालले दाबी गरे। बैंकले समाज र विभिन्न वर्गका बैंकिङ आवश्यकताहरू पूरा गर्नका निम्ती देशका विभिन्न क्षेत्रहरूमा आफ्नो सञ्जाल विस्तार गर्दै आइरहेको उनले बताए।

उत्पादनमूलक क्षेत्र तथा युवालाई प्राथमिकतामा राखेर बैकिङ सेवा प्रदान गर्नुका साथै पर्यावरण र मानव समाजलाई सहयोग पुग्ने क्षेत्रमा आफ्नो लगानीलाई विस्तार गर्ने प्रतिबद्धता आँबुखैरेनी शाखा संचालनका क्रममा पनि बैंकले गरेको छ।

बैंकले आर्कषक ब्याजदरसहित ‘नबिल ढुक्क मुद्धती खाता’ ल्याएको जनाएको छ। जसअन्तर्गत ग्राहकले मुद्धतीमा जम्मा गरेको रकम तोकिएको समय पश्चात् दोब्बरदेखि दश गुणासम्म प्राप्त गर्न सक्ने ब्यास क्लवस्टर प्रमुख हरि ढकालले बताए।

बैंकले नबिल किसान कर्जा, विनाधितो ऋण प्रवाह गर्ने व्यक्तिगत तथा क्युआर मर्चेन्टलाई फोनलोनको सुविधा दिँदै आएको छ। 

प्रकाशित: १५ पुस २०७९ ०२:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App