२२ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

सिद्धार्थ बैंकलाई ‘सर्टिफिकेट अफ मेरिट’ अवार्ड

सिद्धार्थ बैंक साउथ एसियन फेडरेसन अफ एकाउन्टेन्ट्स (साफा) द्वारा प्रदान गरिएको ‘सर्टिफिकेट अफ मेरिट’ अवार्डबाट सम्मानित भएको छ।

साफाले दक्षिण एसियाली देशहरूबाट प्रस्तुत गरिएका वार्षिक प्रतिवेदनहरूलाई मूल्याङ्कन गरी निजी बैंकिङ क्षेत्रको विधामा बैंकलाई उक्त अवार्ड प्रदान गरेको हो।

काठमाडौंमा भएको अवार्ड कार्यक्रममा ‘उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड– २०२१’ बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेलले ग्रहण गरेका छन्। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबाट ‘उत्कृष्ट वार्षिक प्रतिवेदन २०२१’ अवार्ड प्राप्त गरे पश्चात् बैंक उक्त अवार्डको प्रतिस्पर्धामा पर्न सफल भएको थियो। यस अवार्डले बैंकलाई आगामी दिनहरूमा अझ बढी परिष्कृत वित्तीय विवरण प्रकाशित गर्न हौसला मिलेको बताएको छ।

प्रकाशित: ८ पुस २०७९ ०१:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App