६ पुस २०८१ शनिबार
image/svg+xml
अर्थ

टिसिएलको अन्तर्राष्ट्रिय टिम नेपाली बजार भ्रमणमा

टिसिएलको अन्तर्राष्ट्रिय टिमले नेपाली बजारको भ्रमण गरेको छ। नेपालको बजार अध्ययन र बजार विस्तारको लागि टिसिएलको एसिया प्यासिफिक सेल्स सेन्टरका लागि नियुक्त सेल्स डाइरेक्टर मिसेस क्यारोलिन (किउ लिन) र सिनिअर सेल्स म्यानेजर मिस्टर रेक्स  (लिउ रेन) ले नेपाली बजारको भ्रमण गरेका हुन्।  

टिसीएल टिमले काठमाडौं टङ्गाल, कुमारीपाटी र बसुन्धराका सिजी डिजिटल सोरुमहरूका साथै विभिन्न डिलर सपहरूको भ्रमण गरेको कम्पनीले जनाएको छ। सेल्स डाइरेक्टर क्यारोलिनले विश्वभर गुणस्तरीय उत्पादन र सेवाका लागि प्रसिद्ध टिसिएलका उत्पादनहरू नेपालमा पनि व्यापक रूपमा रुचाइएको तथा चौधरी समूहसँगको सहकार्यको अनुभव र भ्रमणले नेपालमा सेवा अझ व्यापक रूपमा विस्तार गर्न मदत गर्ने बताए।  

उनले ग्राहकलाई उच्चस्तरीय अनुभव प्रदान गर्न चाँडै टिसीएलका विशेष सोरुम र कन्सेप्ट कर्नरहरू नेपालभर विस्तार गर्ने टिसीएलको भावी योजना पनि रहेको भ्रमणको क्रममा बताइन्।

टिसीएल एक विश्वव्यापी टेक्नोलोजी ब्रान्ड हो। सन् २०१२ मा नेपालमा चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्स अन्तर्गत सिजी इओएलले भित्र्याएको हो। यस कम्पनीका घरेलु इलेक्ट्रोनिक उपकरणहरूले नेपाली बजारमा ठूलो बजार हिस्सा ओगटेको छ। हाल कम्पनीका सिजी डिजिटल सोरुमहरू काठमाडौं भित्र टङ्गाल, कुमारीपाटी, बसुन्धरा, जोरपाटी, भक्तपुर राधे राधे, रविभवन, कीर्तिपुर, हातिगौंडा, त्रिपुरेश्वर, नयाँ बजार र काठमाडौं बाहिर इटहरी, हेटौडा र भरतपुरमा रहेका छन्।

प्रकाशित: ७ पुस २०७९ ०४:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App