१२ श्रावण २०८१ शनिबार
image/svg+xml
अर्थ

नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण

रौतहटको गरुडा नगरपालिकालाई अत्यधिक लाभकारी स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ।

स्वास्थ्य मन्त्रालयको आपूर्ति महाशाखाबाट अनुदानस्वरुप प्राप्त पोर्टेबल युएसजी भिडियो एक्सरे मेसिनसहितको सामग्री बृजकिशोर यादवले एक समारोहबिच नगरपालिकालाई हस्तान्तरण गरेका छन्। 

यादवको पहलमा गरुडा नगरपालिकालाई १५ लाख ६५ हजार रुपैयाँ बराबरको अत्याधुनिक स्वास्थ्य सामग्री प्राप्त भएको हो। मुख्य गरी गर्भवती महिला र गर्भका रहेको बच्चाको स्वास्थ्यसम्बन्धी सम्पूर्ण अध्ययनको लागि मेसिन अत्यधिक उपयोगी हुने बताइएको छ।

स्वास्थ्य सामग्री बुझ्दै नगर उपप्रमुख पुनमकुमारी चौधरी तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु यादवले गरुडा नगरपालिका ५ शिवनगरमा सञ्चालित बर्थिङ सेन्टरलाई स्वास्थ्य सामग्री प्रदान गरिने बताएका छन्।

उक्त अवसरमा वडाध्यक्षद्वय सुनिलकुमार जयसवाल र कृष्णनन्दन सहनीका साथै विभाग र नगरपालिकाका कर्मचारीका साथै स्थानीय राजनीतिकर्मी, समाजसेवी तथा जनप्रतिनिधिको उपस्थिति रहेको थियो।

प्रकाशित: ४ पुस २०७९ १२:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App