१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

सिप्रदीको नयाँ पीभी सर्भिस नैकापमा

सिप्रदी ट्रेडिङले नैकापबाट ‘पेसेन्जर’ श्रेणीका गाडीहरूको सेवा (पीभी सर्भिस) सुरुआत गर्ने भएको छ।

यस श्रेणीका उत्पादनहरूको बजार विस्तार भइरहेको अवस्थालाई मध्यनजर गर्दै ग्राहकलाई सुविधा प्रदान गर्ने उद्देश्यले पीभी सर्भिस वर्कसप विस्तार गरेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार आइसी इन्जिन भएका (इन्धनबाट सञ्चालन हुने) मात्र नभई विद्युतीय गाडीहरूको पनि मर्मत सम्भार गरिने र त्यसको लागि आवश्यक दक्ष जनशक्ति तथा पूर्वाधारको पनि तयारी पूरा भइसकेको जनाएको छ।

सिप्रदीले नेपालभर आफ्ना २२ भन्दा बढी ग्राहक सेवा केन्द्रहरूबाट सेवा/सुविधा प्रदान गर्दै आइरहेको जनाएको छ।

प्रकाशित: २९ मंसिर २०७९ ०२:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App