१० मंसिर २०८१ सोमबार
image/svg+xml
अर्थ

कामना बैंक र जोड इनिसिएटिभले तालिम सञ्चालन गर्ने

कामना विकास बैंक र जोड इनिसिएटिभ बीच दृष्टिविहिनलाई तालिम दिने सम्बन्धमा सम्झौता भएको छ।  

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत दृष्टिविहीनलाई आधारभूत कम्प्युटर तालिम दिन जोड इनिस्येटिभसँग सम्झैता गरेको हो। सम्झौता पश्चात बैंकले दृष्टिविहीन विद्यार्थीलाई आधारभूत कम्प्युटर तालिम प्रदान गर्न आर्थिक सहयोग गर्नेछ। साथै बैंकले दृष्टिविहीनहरूलाई लक्षित गरी ल्याइएको स्वभिमान बचत खाता समेत खोलिदिने भएको छ।

सम्झौता कार्यक्रममा बैंकका तर्फबाट ब्रान्डिङ प्रबन्धक श्रष्टिना मानन्धर र जोड इनिसिएटिभका संस्थापक सौरभ तिवारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। यसैसँगै आगामी दिनमा समेत सरोकारवालाहरूको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता बैंकले लिएको छ।

प्रकाशित: २७ मंसिर २०७९ ०२:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App