१६ चैत्र २०८० शुक्रबार
अर्थ

गर्भवती र नवजात शिशुको हेरचाहका लागि 'मेरो मम्मा' मोबाइल एप

शिशु स्याहारसंग सम्बन्धित उत्पादन, ज्ञान र सेवाहरूको लागि मेरो मम्मा मोबाइल एप सार्वजनिक भएको छ।  प्रयोगकर्तामाझ पहुँच बढाउन र ठूलो स्क्रिनमा प्रयोगको सुविधा दिन मेरो मम्मा वेब संस्करण जारी गरिएको हो।

वेब प्लेटफर्मले पनि मेरो मम्मा मोबाइल एपमा भएका जस्तै सबै सामग्री, जानकारी, उत्पादन र सुविधाहरू समावेश गरेको छ।

मेरो मम्मा को बेव संस्करण सार्वजनिक गरेको उपलक्ष्यमा मेरो मम्मा समूहले क्यूट बेबी फोटो प्रतियोगिता पनि आयोजना गर्दैछ। यस प्रतियोगिताको विजेतालाई विभिन्न उपहारहरू प्रदान गरिने छ साथै विजेता बच्चा मेरो मम्मा एपको अनुहार पनि बन्नेछ।

उक्त प्रतियोगिताको उपहारमा २५००० को ह्याम्पर र पेशेवर बेबी फोटोग्राफरको फोटोसुट समेत समावेश छ। मेरो मम्माको वेब र सोशल मिडिया प्लेटफर्ममा प्रतियोगिताको घोषणा गरिएको छ।

मेरो मम्मा का सह-संस्थापक आशिष अग्रवाल भन्छन्, 'हामी मेरो मम्मालाई आमा र बच्चाहरूका लागि वान-स्टप प्लेटफर्म बनाउन प्रतिबद्ध छौं, आगामी दिनमा हाम्रो मोबाइल र वेब एप दुवैमा हामी हाम्रा प्रयोगकर्ताहरूको सुझाव सुनेर अझ धेरै रोमाञ्चक फिचर, प्रतिस्पर्धाहरू र सुविधाहरू ल्याउने छौं।'

प्रकाशित: २१ मंसिर २०७९ ०६:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App