१६ चैत्र २०८० शुक्रबार
अर्थ

बेनेलीको एक्सक्लुसीभ शोरुम अब पोखराको नयाँबजारमा

बेनेली मोटरसाइकलको एकमात्र आधिकारिक वितरक केटीएम इन्टरनेशनल ट्रेडिङ प्रा. लिमिटेडले आज पोखराको नयाँबजारमा बेनेली मोटरसाइकलको नयाँ एक्सक्लुसिभ शोरुम र सर्भिस सेन्टर खोलेको छ।

बेनेलीले आफ्ना ग्राहकहरूको पहुँच बढाउन नेपालभर विभिन्न स्थानहरूमा शोरुमहरू खोल्ने प्रयास जारी राखेको छ। अहिले नेपालमा विर्तामोड, दमक, विराटनगर, लहान, कल्याणपुर, गोलबजार, जनकपुर, मलंगवा, छपुर, हेटौंडा, सिमरा, वीरगञ्ज, चितवन, बुटवल, घोराही, नेपालगञ्ज, धनगढी, सुर्खेत, कुपण्डोल, भक्तपुर, गैरीधारा र पोखरा लगायतका २२ वटा शोरुम छन्।

पोखरामा नयाँ शोरुम १८०० वर्गफुटमा निर्माण गरिएको छ, जसमा ५० वर्गफुट स्पेयर पार्ट्स र १५०० वर्गफुट सर्भिस सेन्टरको लागि व्यवस्थापन गरिएको छ। यो शोरुममा सुविधा सम्पन्न रहेको छ र यहाँ सबै नयाँ बेनेली मोटरसाइकलहरू उपलब्ध हुनेछन्। पोखरामा नयाँ शोरुम खोलेर बेनेलीले आफ्ना ग्राहकहरूलाई थपउपलब्धता र गतिशीलता प्रदान गर्नेमा विश्वस्त छ।

बेनेलीले नयाँशोरुमको उद्घघाटनको उपलक्ष्यमा रु। ३०,००० छुट, एक्सचेन्जमा न्यूनतम मूल्याङ्कन ४०,०००, न्यूनतम डाउन पेमेन्ट  ६०,०००, र ५०५ डाउन पेमेन्टको साथ फाइनान्सिङमा ०५ ब्याजदर प्रदानगर्ने भएको छ। साथै, विद्यमान ग्राहकहरूका लागि बेनेलीले निःशुल्क वाश, श्रम शुल्कमा ५०५ छुट र लुब्रिकेन्टमा १५५ छुट समावेश गर्ने सर्भिस क्याम्प सञ्चालन गर्ने भएको छ।

बेनेली एक इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड हो जुन १९९१ मा स्थापितभएको थियो र यसले प्रिमियम, बीग–बोर, स्पोर्टस्, र नेकेडबाइकहरु निर्माण गर्दछ जुनबलियो र स्पोर्टी दुवै छ।

यो इटालीको सबैभन्दा पुरानो मोटरसाइकल उत्पादक मध्ये एक हो। नेपाली बजारमा टीएनटी १३५, टीएनटी १५, पनेरा १२५, टीएनटी १५० आई, १८० एस, १८० एस नियोन, ३०२ एस, ३०२ एस नियोन, टीआरके २५१, ६०० आई र ७५२ एस मोडलहरु उपलब्ध छन्। यी मोडलहरु नेकेड, कम्युटर, स्कुटर र टुरिङ विधाकाहुन्। यी मोटरसाइकलहरू १२५ सीसीदेखि ७५० सीसीसम्मको प्रकारमा उपलब्ध छन् र यीनको मूल्यहरू २,६४,९०० देखि २५,१५,००० सम्म पर्दछ।

प्रकाशित: २० मंसिर २०७९ ०७:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App