१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

१४ बर्षपछि सुकेटार-विराटनगर परीक्षण उडान

१४ बर्ष पछि ताप्लेजुङको सुकेटार विमानस्थलबाट नेपाल एअरलाइन्सले विराटनगर विमानस्थलमा परीक्षण उडान गरेको छ।  

नेपाल वायु सेवा निगमका ताप्लेजुङ स्टेशन इञ्चार्ज लोकेन्द्र लिम्बूका अनुसार बिहीबार नेपाल एअर लाइन्सको ट्विनअटर जहाजले ताप्लेजुङ–विराटनगर परीक्षण उडान गरेको हो। सुरुमा काठमाडौँबाट ताप्लेजुङ आएको जहाज यात्रु लिएर पुनः काठमाडौँ नै फर्किएको थियो। त्यसपछि फेरि दोस्रो उडान स्वरुप काठमाडौँबाट ताप्लेजुङ आएको जहाज सुकेटार विमानस्थलमा अवतरण पश्चात विराटनगर विमानस्थल पुगी फेरि ताप्लेजुङ विमानस्थल आएर यहाँबाट यात्रु लिएर काठमाडौँ उडेको थियो। स्टेशन इञ्चार्ज लिम्बूका अनुसार २०६५ साल यता नेपाल एअरलाइन्सको जहाजले विराटनगर–ताप्लेजुङ–विराटनगर उडान गरेको थिएन।  

२०६५ साल भन्दा अघिको समयमा भने नेपाल एअरलाइन्स(तत्कालिन शाही नेपाल वायु सेवा निगम)ले बिराटनगर–ताप्लेजुङ–विराटनगर नियमित उडान गर्दै आएको थियो। विराटनगर–ताप्लेजुङ–विराटनगरको नियमित उडान रोकिएसँगै काठमाडौँ–ताप्लेजुङ–काठमाडौँ उडान भइरहेको छ। सेवाग्राहीले प्रदेश १ को राजधानी विराटनगर विमानस्थलका लागि सुकेटारबाट सातामा कम्तिमा दुई उडान सम्मको माग राख्दै आएका छन्। तर उडान भइरहेको छैन। पूर्वी नेपालबाट हवाइ मार्ग हँुदै पाथीभरा माताको दर्शन गर्न आउने तीर्थालुका  लागि समेत विराटनगर–ताप्लेजुङ–विराटनगर नियमित हवाइ उडान आवश्यक रहेको सेवाग्राहीको माग रहेपनि यो मार्गमा नियमित उडान नहुँदा समस्या रहदैँ आएको छ।

प्रकाशित: १५ मंसिर २०७९ ०८:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App