६ वैशाख २०८१ बिहीबार
अर्थ

५ सयले बढ्यो सुनको मूल्य

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु पाँच सयले बढेको छ। बुधबार प्रतितोला रु ९७ हजार ६ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु ९८ हजार १ सय तोकिएको हो।  

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ६ सय छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९७ हजार १ सय थियो।      

त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला रु ४० ले बढेर रु १ हजार ३ सय ३० पुगेको महासङ्घले जनाएको छ।

प्रकाशित: १५ मंसिर २०७९ ०७:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App