२ पुस २०८१ मंगलबार
image/svg+xml
अर्थ

प्रभु बैंक र युएसएआईडी बीच सम्झौता

प्रभु बैंक र युएसएआईडीको व्यापार तथा प्रतिस्पर्धा आयोजना उद्यम नेपाल बीच सम्झौता भएको छ। व्यापार र प्रतिस्पर्धात्मकता सहयोग सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो।

युएसएआईडीको व्यापार तथा प्रतिस्पर्धा आयोजनाका तर्फबाट पार्टी प्रमुख प्रतिनिधि एग्नेस लुजे र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार नेपालको अर्थतन्त्रलाई कोभिड १९ महामारीपछि सुधार गर्दै दिगो रूपमा लघु, साना र मध्यम आकारका उद्यमको लागि वित्तीय उत्पादन र सेवाहरूमा उपलब्धता र पहुँच बढाउन, आर्थिक वृद्धिले पछाडि परेकाहरूका लागि दिगो रोजगारी वृद्धि र आय सिर्जनाका अवसरहरूलाई प्रोत्साहन गर्न रहेको छ। जसमा विशेष गरी कृषि, पर्यटन तथा डिजिटल सेवाका क्षेत्रहरूमा काम गर्ने साझा लक्ष्य रहेको छ।

उक्त लक्ष्य हासिल गर्न युएसएआईडीको व्यापार तथा प्रतिस्पर्धा आयोजना उद्यम नेपालको सहकार्यमा प्रभु बैंकले कर्मचारीहरूको सिप, क्षमता अभिवृद्धिका लागि विभिन्न तालिम सञ्चालन तथा नयाँ विधि, प्रविधि, स्रोत तथा साधनहरूको प्रयोग गर्ने बैंकले जनाएको छ।

प्रकाशित: १५ मंसिर २०७९ ०१:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App