७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

काठमाडौंमा डिजिटल स्वास्थ्य सम्मेलन

काठमाडौंमा पहिलो डिजिटल स्वास्थ्य सम्मेलन सम्पन्न भएको छ। वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित इ-लर्निङ तथा टेलिमेडिसिन युनिटको आयोजनामा उक्त डिजिटल सम्मेलन पहिलो पटक नेपालमा आयोजना भएको आयोजकले बताएको छ।

प्रतिष्ठानले स्विजरल्याण्डस्थित जेनेभा विश्वविद्यालय र डिजिटल हेल्थहबसँगको सहकार्यमा सम्मेलन आयोजना गरेको जनाएको छ।

सम्मेलनको उद्घाटन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले डिजिटल स्वास्थ्य सेवामूलक र जनताका लागि अत्यन्त आवश्यक रहेको र यसको प्रवर्द्धनमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले उल्लेखनीय भूमिका खेलेको बताए।साथै उनले डिजिटल स्वास्थ्य सेवालाई अझ परिस्कृत र प्रभावकारी बनाउन खाँचो रहेको औंल्याए।

यस्तै नेपालका लागि स्विस राजदूत एलिजाबेथ भोन क्यापेलरले यस खालका सम्मेलनले सिकाइ आदनप्रदान सँगै भावी कार्ययोजना निर्माणका लागि दिशानिर्देश गर्ने बताउँदै यस्ता खालका रचनात्मक कार्यलाई निरन्तरता दिनुपर्ने जोड दिए।

प्रकाशित: १४ मंसिर २०७९ ०१:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App