२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
प्रवास

सबैको अपनत्व महसुस हुने गरी संस्था अघि बढ्नेछ : एनआरएनए उपाध्यक्ष डा.शर्मा

गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले एनआरएनएको अभियान अब नयाँ सोच, नयाँ ढंग र नयाँ कार्यशैलीसहित अघि बढ्ने बताएका छन्।

स्वीजरल्याण्डको बोनमा शनिबार आयोजित स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै डा. शर्माले विगतका कमीकमजोरीबाट स्पष्ट पाठ सिकेर ‘सबैको अपनत्व हुने’ संस्थाका रूपमा एनआरएनएलाई अघि बढाइने बताएका हुन्।

आइतबार सम्पन्न हुने संस्थागत एकताले संघलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गर्दै उनले आगामी १२औँ महाधिवेशनलाई ‘बृहत् एकता महाधिवेशन’ का रूपमा सफल बनाउन सम्पूर्णको साथसहयोग आवश्यक रहेको उल्लेख गरे।

१२औँ महाधिवेशनमा सबै समुदाय र व्यक्तिहरूलाई समेट्ने उद्देश्यले नयाँ सदस्यता अभियानका लागि ढोका खुला गरिने पनि उपाध्यक्ष शर्माले जानकारी गराए।

एनआरएनए स्वीजरल्याण्डका अध्यक्ष विष्णु थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आइसीसी सदस्य शुभएल्मर लामाले एनआरएनएभित्र एकता पुनः स्थापित हुँदै गएको खबरले विश्वभरका सदस्यहरू उत्साहित बनेको बताइन्।

कार्यक्रममा महासचिव यम काउचा मगर, निर्वतमान अध्यक्ष कृष्णप्रसाद शिवाकोटी, प्रवक्ता विशाल भण्डारी, सदस्य वर्षा लामिछाने भण्डारी, नाडिन परियार, युवा संयोजक आशिष परियारलगायतको उपस्थिति थियो।

प्रकाशित: १४ मंसिर २०८२ ०९:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App