उत्तरी अफगानिस्तानको बघलान प्रान्तमा भारी वर्षा पछि आएको बाढीका १० जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा महिला तथा बालबालिका सहित कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय मिडियालाइृ उदृत गर्दै टोलो न्यूजले शुक्रबार रिपोर्ट गरेको छ।
वर्षाका कारणले एक सय भन्दा बढी आवासीय घरहरू क्षेतिग्रस्त हुनुको साथै कृषि जमिन डुबानमा परेको बताइएको छ। जसले प्रान्तको ग्रामीण अर्थतन्त्रलाई गम्भीर चोट पुर्याएको प्रान्तीय विपद् व्यवस्थापन अधिकारीका प्रमुख हेडायतुल्लाह हम्दर्दलाई उद्धृत गर्दै मिडियाले जनाएका छन्।
यसै गरी बुधबार राति भएको छुट्टै मौसमी घटनामा दक्षिणी कान्दाहार प्रान्तमा तीन जनाको मृत्यु भएको हुनुका साथै अन्य छ जना घाइते भएका छन्।
अफगानिस्तानका केही भागहरूमा विगत केही दिन देखि भारी वर्षा, आँधीबेहरी, गर्जन र बिजुलीको चपेटामा परेको छ। अफगानीस्तानको मौसम विभागले आगामी दिनमा निरन्तर वर्षाको चेतावनी जारी गरेको छ भने कमजोर क्षेत्रहरूमा थप बाढीको चिन्ता गरिएको छ।
प्रकाशित: ८ जेष्ठ २०८३ १३:५२ शुक्रबार





