३ माघ २०८२ शनिबार
image/svg+xml
प्रवास

स्पोन्सरसिपको बहानामा ठगी बढेको भन्दै सचेत रहन बेलायतस्थित नेपाली दूतावासको आग्रह

नेपाली दूतावास लण्डनले नेपाली समुदायलाई सचेत रहन आग्रह गरेको छ। दूतावासका अनुसार विगत केही समयदेखि संयुक्त अधिराज्यमा कामका लागि स्पोन्सरसिप उपलब्ध गराइदिने बहानामा उल्लेख्य संख्यामा नेपालीहरू ठगीमा परेका छन्।

राजदूतावासले प्राप्त गुनासामा ठगीमा परेका व्यक्तिहरूमा नेपालबाट आउन चाहनेहरू मात्र नभई हालै संयुक्त अधिराज्यमा बसोबास गर्दै आएका नेपालीहरू पनि रहेको उल्लेख गरिएको छ। ठगी गर्नेहरूको समूहमा कतिपय नेपाली मूलका व्यक्तिहरू रहेका छन् भने चिनेजाने नेपालीहरूको माध्यमबाट तेस्रो मुलुकका व्यक्तिसँग सम्पर्क गराएर ठगी हुने घटनाहरू पनि भेटिएका छन्।

विज्ञप्तिमा भनिएको छ, 'यस किसिमका गिरोहका सदस्यहरु आफ्नो पहिचान लुकाउने, फरक नाम प्रयोग गर्ने, सम्पर्क नम्बर परिवर्तन गर्ने, घरको ठेगाना नखुलाउने र रकम असुल गरी सम्पर्कविहीन हुने प्रवृत्ति राख्ने गर्दछन्। यसका साथै उनीहरूले नेपाल वा संयुक्त अधिराज्यको बैंकमार्फत कारोबार नगरी रकम असुल गर्ने गरेको भेटिएको छ।'

दूतावासले व्यक्तिहरूलाई कामको स्पोन्सरसिप वा वर्क भिसा उपलब्ध गराइदिने नाममा हुने ठगीबाट बच्न सचेत रहन आग्रह गर्दै, समस्यामा परेमा नेपालका अनुसन्धान निकाय, संयुक्त अधिराज्यको स्थानीय प्रहरी तथा National Anti Fraud Network (Action Fraud) UK मा उजुरी गर्न अनुरोध गरेको छ।

ठगीमा परेका व्यक्तिहरुले थप जानकारी वा सहयोगको लागि मोबाइल नं. +४४-७४०४९३९२७४ मा सम्पर्क गर्न सक्नेछन्।

प्रकाशित: २१ पुस २०८२ ०७:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App