लण्डन—गुल्मी जिल्ला समाज यूकेले अध्यक्षमा राम गलामी निर्विरोध निर्वाचित भएका छन् । संस्थाको आइतवार सम्पन्न पांचौं अधिवेसनले गलामीको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको हो।अल्डरसटमा सम्पन्न अधिवेसनले कार्यसमितिको उपाध्यक्षमा टोप पल्ली, राजन खरेल र फडिन्द्र भट्टराईलार्इ सर्वसम्मतले चयन गरेकाे छ । यस्तै महासचिवमा शिव भण्डारी, सचिवमा वीर बलाल, कोषाध्यक्षमा तारानाथ भण्डारी र सहकोषाध्यक्षमा निर्विरोध निर्वाचित भए । सदस्यहरुमा मञ्जु खरेल, मुना सापकोटा खरेल, तारा भट्टराई, राजु मल्ल, विष्णु ज्ञवाली, बरुण भण्डारी, टिकाराम थापा, पुर्णबहादुर बलाल, रुद्रबहादुर थापा, डिल्लीराज थापा र बाबुराम भण्डारी चयन भए ।
अधिवेसनले वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन र विधान संसोधनको प्रस्तावलाई सर्वसम्मतले पारित गरेको छ ।
सन् २००७ मा स्थापना भएको गुल्मी जिल्ला समाजले नेपालका अपांग लगायतको क्षेत्रमा विभिन्न परोपकारी कामहरु गर्दै आएकाे छ ।
प्रकाशित: २० वैशाख २०७३ ०२:१७ सोमबार