१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
प्रवास

एनआरएन जापानद्वारा १२औं नेपाल फेस्टिवलको आयव्यय सार्वजनिक

जुलाईमा भएकाे १२औं नेपाल फेस्टिवलका सहभागीहरू। फाइल तस्बिर

एनआरएन जापानले गत जुलाई महिनाको ३० र ३१ तारिकमा टोकियोको नाकानो सिकी पार्कमा सम्पन्न भएको १२औं नेपाल फेस्टिवलको आयव्याय शुक्रबार सार्वजनिक गरेको छ।

एनआरएन जापानले सार्वजनिक गरेको आयव्ययको हिसाब अनुसार नेपाल फेस्टिवल टोकियो पहिलो पटक आर्थिकरुपमा नाफामा देखिएको छ। विगतका नेपाल फेस्टिवल सँधै घाटामा जाने गरेको थियो। शुक्रबार साँझ एनआरएन जापानले आयोजना गरेको प्रेसमिटमा कोषाध्यक्ष कृष्ण गैरेले २१ लाख ७५ हजार ५ सय १५ ऐन नाफा भएको जानकारी दिए।

टोक्योमा आयोजना भएको यस वर्षको नेपाल फेस्टिवलमा २ करोड ९४ लाख ५ हजार ५ सय ५५ ऐन आम्दानी भएकोमा १ करोड ५५ लाख ९५ हजार ४ सय ८५ ऐन खर्च र ७ लाख ७० हजार उठन बाँकी हुँदा २१ लाख ७५ हजार भन्दा बढी बचत गर्न सफल भएको एनआरएनए जापानका वरिष्ठ उपाध्यक्ष तथा नेपाल फेस्टिवलका आर्थिक संयोजक नबिन निउरेले नागरिक न्युजलाई जानकारी दिए।

'अर्को वर्ष अझ राम्रो गर्न सकिन्छ, उनले भने आर्थिक पारदर्शितामा कमजोरी हुन दिन्न र संस्थाको हिसाब पारदर्शी राख्छु।' टोक्योस्थित नेपाली राजदुतावास जापान र एनआरएन जापानले सयुक्त आयोजना गरेको फेस्टिवलमा नेपाली कला संस्कृति, भेषभुषा, नेपाली खाना आदिका बारेमा जापानी नागरिकलाई जानकारी दिँदै जापानमा नेपालको पर्यटन प्रवर्द्धन गरिएको थियो। जुलाईमा भएकाे १२औं नेपाल फेस्टिवललाई राष्ट्रिय सभाध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले गरेका थिए।

प्रकाशित: १ आश्विन २०७९ ०८:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App