10340 San Pablo Avenue, EL Cerrito, CA 94530 मा सञ्चालनमा आएको हिमालयन ग्रोसरी नामको उक्त किराना पसलमा नेपाली, तिब्बतियन, भारतीय तथा दक्षिण एसियाली मुलकका सामानहरु उपलब्ध हुनेछन्।
हिमालयन ग्रोसरी पुण्य कार्की, किरण आचार्य, कञ्चन सुवेदी तथा पुस्कर रेग्मीले संयुक्त रुपमा सञ्चालनमा ल्याएका हुन् । क्यालिफोर्निया राज्यको सनफ्रान्सिस्कोबाट नजिक रहेको सन पाब्लो शहरमा खाद्य सामाग्री बेचबिखन गर्ने पसल यो क्षेत्रको लागि पहिलो हो।
यस क्षेत्र वरपर नेपालीहरुको स्वामित्वमा रहेको चमेना गृह, इन्धन स्टेशन तथा अन्य पसल भए तापनि खाद्य सामग्री पसल नरहेकोले यो क्षेत्र छानिएको सञ्चालक पुण्य कार्कीले जानकारी दिए। नेपालका मौलिक खानेकुराहरु सिन्की, कोदो र फापर हिमालयन ग्रोसरीमा उपलब्ध हुने कार्कीले बताए।
एकै थलोमा नेपाली, भारतीय तथा तिब्बतियन सामानहरु उपलब्ध गराउँदा सरल हुन्छ भन्ने हेतुले ग्रोसरी खोलेको अन्य सञ्चालकको भनाइ छ। नेपालीपन झल्किने सामान सरल रुपमा उपलब्ध गराइदिँदा यहाँको नेपाली समुदायलाई त्यसले नेपालसँग जोड्न मद्दत गर्ने विश्वास लिइएको छ।
प्रकाशित: २३ चैत्र २०७२ ०१:५६ मंगलबार





