coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
प्रवास

एनआरएनएमा सहमतिको नाममा राजनीतिक भागबन्डा हुनु दुर्भाग्य

गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानबाट हालै जारी विवाद समाधानको क्रममा दुई जना आइसिसी सदस्य थप गर्न लागिएको विषय विवादमा तानिएको छ।

२०२१/२०२३ कार्य समितिको लागि जापानबाट एनआरएनए आइसिसी सदस्यमा उम्मेदवारी दिएर मत परिणामले पराजित भएका व्यक्तिलाई राजनीति भागबन्डाको आधारमा पुनः नियुक्त गरिन खोजिएको भन्दै एनआरएनए अभियन्ता विकास श्रेष्ठले विरोध जनाएका छन्।

आइसिसी सदस्यमा उम्मेदवारी दिएर सहमतिको लागि भन्दै उम्मेदवारी फिर्ता लिएका श्रेष्ठले हालै एनआरएनए जापानमा देखिएका विवाद समाधानको क्रममा आइसिसी सदस्य थप गरिएको घटनालाई राजनीतिक भागबन्डाको संज्ञा दिएका छन्। सहमतिको लागि त्याग गर्ने आफूलाई पन्छाएर राजनीतिक रुपमा संलग्न दुई व्यक्तिलाई आइसिसीमा मनोनित गरिने खबर आएकोमा श्रेष्ठले आपत्ति जनाएका हुन्।

एनआरएनए जापानको विवाद समाधान अन्तर्गत सार्वजनिक जानकारीहरुमा डा. बलराम श्रेष्ठ र रामहरी पुडासैनीलाई आइसिसी सदस्यमा मनोनित गर्ने उल्लेख छ। यसमा असहमति जनाउँदै श्रेष्ठले विज्ञप्ति नै जारी गरेका छन्।

प्रकाशित: २५ भाद्र २०७९ १०:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App