१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
प्रवास

बेलायतमा नयाँ प्रधानमन्त्री लिज ट्रस हुने निश्चित, भोलि महारानीबाट शपथ लिने

बेलायतको सत्तारुढ दल कन्जरभेटिभ पार्टीको नेतामा लिज ट्रस विजयी भएकी छन्। कन्जरभेटिभ पार्टीको नेता रहेका बोरिस जोनसनले झण्डै २ महिनाअघि राजीनामा दिएपछि रिक्त सो पदको लागि भएको निर्वाचनमा ट्रसले अर्का प्रतिस्पर्धी नेता ऋषि सुनाकलाई फराकिलो अन्तरले पराजित गरिन्।  

४७ वर्षीया ट्रसलाई बेलायतकी महारानीले नयाँ प्रधानमन्त्रीको रुपमा भोलि (मंगलबार) शपथ लिने गर्ने बेलायती संचारमाध्यमले जनाएका छन्। सुरुमा कन्जरभेटिभ पार्टीको दलको नेतामा ८ जना उम्मेदवारी दिए पनि अन्तिममा दुई जनाबीच दलको नेताको लागि निर्वाचन भएको थियो। पार्टीको संसदिय दलको नेताका लागि पार्टी सदस्यहरुले गत शुक्रबार मतदान गरेका थिए।

सोमबार प्राप्त अन्तिम नजितामा सुनाकाले ६० हजार ३९९ र ट्रसले ८१ हजार ३२६ मत प्राप्त गरिन्। खसेको कुल मत मध्ये ट्रसले ५७।४ प्रतिशत र सुनाकले ४२.६ प्रतिशत मत प्राप्त गरे।सन् २०१९ को आम निर्वाचनमा बहुमत ल्याएर प्रधानमन्त्री बनेका बोरिस जोन्सनविरुद्ध आफ्नै मन्त्रिपरिषद् का ५ दर्जन सदस्यहरुले विद्रोह गरेपछि प्रधानमन्त्री पदबाट राजीनामा दिन बाध्य भएका थिए।  

बेलायतमा बढ्दो मुद्रास्फीति तथा बैंक व्याजदर, आर्थिक मन्दी, खाद्यान्न तथा उर्जामा उच्चमुल्यवृद्धि, युक्रेन-रुस युद्ध, लगायतका मुख्य चुनौती नयाँ प्रधानमन्त्री ट्रसले सामना गर्नु पर्ने देखिएका छन् । यसअघि उनले आफू प्रधानमन्त्री बनेमा एक साताभित्र उर्जामा बढ्दो उच्च मूल्यवृद्धि घटाउने राहातका प्याकेज घोषणा गर्ने बताएकी थिइन्।

प्रकाशित: २० भाद्र २०७९ १२:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App