यसबर्षको महोत्सवको संयोजन ओन्टारियो कलेज अफ आर्टस एण्ड डिजाइन युनिभर्सिटी टोरोन्टोका सुरेन्द्र लावतीले गरेका छन्। महोत्सवमा लोक गायक बुद्धिसागर बस्यालले आफ्नो नयाँ तथा पुराना लोकप्रिय लोक गीतहरु प्रस्तुत गर्ने छन् ।यसैगरी, महोत्सवमा काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतारोहण चलचित्र महोत्सव (किम्फ) की कार्यकारी निर्देशक एवं चलचित्रकर्मी रम्यता लिम्बूले नेपालबाट अतिथ्यता ग्रहण गर्दैछिन्।
नेपाली जनजीबन, कला संस्कृतिलाई क्यानडाका दर्शकहरु समक्ष प्रस्तुत गर्ने उद्देश्यले ७ वर्ष अघि नेपाली युवा स्वयम्सेवकहरुको सक्रियतामा यो महोत्सव सुरु भएको हो। शुरुमा टोरोन्टोमा १ दिन मात्र आयोजना गर्दै आएको महोत्सव गत केही बर्षदेखि २ दिन आयोजना हुँदै आएको छ। यस वर्ष पहिलो दिन मार्च १९ मा टोरोन्टोमा र दोश्रो दिन मार्च २० का दिन मिसिसागा नगरीमा पनि आयोजना गरिने भएको छ।
प्रकाशित: २७ फाल्गुन २०७२ ०६:११ बिहीबार





