क्यालिफोर्निया - नेपाली जनसम्पर्क समिति अमेरिकाले नेपाली काँग्रेसको १३औँ महाधिवेशनमा भाग लिने सात जना प्रतिनिधि छनोट गरेको छ।विधानतः काँग्रेसको भातृ सङ्गठन जनसम्पर्क समिति अमेरिकाले सदस्य सङ्ख्याको आधारमा सात जना महाधिवेशनप्रतिनिधि चयन गर्न पाउने प्रावधान छ।
महाधिवेशन प्रतिनिधिमा आनन्द विष्ट, वेद खरेल, विष्णु सुवेदी, प्रमोद सिटौला, विद्यासागर योञ्जन, हेमराज भट्ट र महिलाबाट माया कडायत छनोट भएका छन्। रासस
नेपाली महिला क्रिकेट टोली आइतबारदेखि सुरु हुने आइसिसी महिला टि–२० विश्वकप ग्लोबल छनोट प्रतियोगितामा सुधारिएको ब्याटिङ, फिल्डिङ र घरेलु मैदानको अनुकूलता प्रयोग गर्दै प्रस्तुत हुने भएका छन् ।