जापान भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले टोकियोमा रहेको नेस्नल इन्स्टीच्युट अफ इन्फरमेसन एण्ड क्मयुनिकेशन टेक्नोलोजीमा भ्रमण गरेका छन्।
उनले बिहान ९ देखि ११ बजेको समयमा नेस्नल इन्स्टीच्युट अफ इन्फरमेस्न एण्ड क्मयुनिकेशन टेक्नोलोजीमा भ्रमण गरेका हुन्।
दाहलले सूचना प्रविधिका क्षेत्रमा पछिल्लो समयमा भएको विकासका नमूनाहरुको अवलोकन र परीक्षणमा सहभागी जनाएका हुन्। पाँच दिने नेपाल भ्रमणमा रहेका दाहाल बुधबार नेपाल फर्कने कार्यक्रम रहेकाे छ।
प्रकाशित: २४ श्रावण २०७९ १०:१६ मंगलबार