१५ वैशाख २०८१ शनिबार
image/svg+xml
प्रवास

विदेशमा रहेका नेपालीलाई स्वदेश फर्किनुस् भन्ने दिन अझै आइसकेको छैन: दाहाल

पाँच दिने भ्रमणमा जापान आएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्किनुस् भन्ने दिन अझै नआइसकेको बताएका छन्। 

जापानको टोकियोमा नेपाली जनप्रगतिशील मञ्चले आज आयाेजना गरेको 'समृद्ध नेपालको आधार, आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार' विषयक अन्तर्क्रियामा प्रचण्डले यस्तो बताएका हुन्। ४ सय भन्दा बढी उपस्थित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले प्रवासी नेपालीलाई नेपाल फर्किनुस् भन्ने बेला नभएको बताए।  

 म तपाईंहरूलाई अब नेपाल फर्किनुस् भनेर अझै भन्दिनँ उनले भने, 'आउँदो निर्वाचन सफलतापूर्वक सम्पन्न भई विकास तथा स्थायित्वको मोडालिटी बन्यो भने एउटा बलियो राजनीतिक केन्द्र बनिसक्यो भन्ने हैसियत बनाएर पुनः जापान आउनेछु र नेपालको विकास यात्रामा तपाईंका तागत लगाउनुपर्‍याे, स्वदेश फर्कनुपर्‍याे भन्नेछु।  

कार्यक्रममा दाहालले कृषि क्षेत्रले नै नेपाललाई समृद्ध र आत्मनिर्भर बनाउने बताए। विद्युत र पर्यटनसँगै कृषि क्षेत्र नै आर्थिक विकासको प्रमुख आधार भएको उनको भनाइ थियो।

साथै दाहालले जापानमा दुतावासको आफ्नै भवन बनाउन र दुतावासमा अपर्याप्त कर्मचारीको समस्या समाधानको लागी पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। फर्किने बित्तिकै प्रधानमन्त्री,अर्थमन्त्री र परराष्ट्र मन्त्रीसँग सल्लाह गर्ने उनको भनाई थियो। 

प्रकाशित: २२ श्रावण २०७९ १३:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App