coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
प्रवास

जापानका लागि नवनियुक्त राजदुत सुवेदी कार्यभार सम्हाल्न टोक्योमा

जापानका लागि नवनियुक्त राजदुत दुर्गा बहादुर सुवेदी आफ्नो कार्यभार सम्हाल्न टोक्यो आईपुगेका छन्। राष्ट्रपतिबाट नियुक्ति पाएपछि राजदुत सुवेदी श्रीमती पुनम क्षेत्रीसहित बुधबार टोक्यो आईपुगेका हुन्।

राजदुत सुवेदीलाई टोक्योस्थित नारिता  अन्तर्राष्ट्रिय विमानस्थलमा का.बा.राजदुत अम्बिका जोशी,द्वितीय सचिव जित बहादुर कार्कीलगायत एनआरएनए जापानका पदाधिकारीहरूले स्वागत गरेका थिए।

यसअघि बेलायतको लागि राजदुतको कार्यभार सम्हालिसकेका राजदुत सुवेदीले जापानको लागि कार्यवाहक राजदुतको जिम्मेवारी समेत सम्हालिसकेका छन्। तर उनको जापानको अघिल्लो कार्यकाल भने विवादित बनेकाे थियाे। 

सन् २०११ सालमा जापानमा आएको बिनासकारी भूकम्प तथा सुनामीका कारण हजारौं नेपाली प्रभावित हुँदा जापान सरकारसँग आवश्यक समन्वय गर्नुपर्नेमा आफ्नो नागरिकको मतलबै नगरी दुतवासै बन्द गरेर अर्को शहर ओशाकामा लुकेर बसेको उनलाई आरोप छ।

प्रकाशित: १८ श्रावण २०७९ ०७:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App