१६ चैत्र २०८० शुक्रबार
प्रवास

एनआरएनए नगरिकता विधेयकबारे माओवादी केन्द्र सकरात्मक

गैरआवासीय नेपाली संघ (एनआरएनए)को एक प्रतिनिधि मण्डलले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग भेटवार्ता गरेको छ। प्रतिनिधि मण्डलका पदाधिकारीहरुले सरकारले प्रतिनिधिसभामा पेश गर्न लागेको नागरिकता विधेयकबारे आज दाहाल निवास खुमलटारमा छलफल गरेका हुन्।

उक्त छलफलमा संघका कार्यकारी अध्यक्ष कुल आचार्य, अध्यक्ष डा. बद्रि केसी, संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोलगायतका पदाधिकारीहरुले यो विधेयक ल्याउनको लागि सहयोग गरेकोमा माओवादी केन्द्रप्रति धन्यवाद प्रकट गरे। उनीहरुले यो विधेयक अन्तिम चरणमा आइसकेकोले यसलाई पारित गराई विश्वमा रहेका सबै गैरआवासीय नेपालीहरुको भावनालाई सम्बोधन गर्न आग्रह समेत गरेका छन्।

यसको जवाफमा पूर्व प्रधानमन्त्री समेत रहेका दाहालले संविधानमा गैरआवासीय नेपाली नागरिकताको लागि जुन व्यवस्था गरिएको छ त्यही अनुरुप विधेयक आउने जानकारी दिएसँगै यसमा आफ्नो र पार्टीको तर्फबाट पूर्ण सहयोग रहने बताए। यस्तै कार्यकारी अध्यक्ष आचार्यका अनुसार दाहालले अर्को चुनावी घोषणा पत्रमा समेत एनआरएनए नगरिकता विधेयक राखेको भन्दै माओवादी सकरात्मक रहेको जनाए।

जारी संसदमा नागरिकता विधेयक दर्ता हुने भएपछि एनआरएनएले लबिङ्ग तीव्र परेको हो। नागरिकता विधेयक बुधबार संसदमा प्रस्तुत हुने संसद सचिवालयले जनाएको छ। यसअघि एनआरएनए टोलीले प्रधानमन्त्री, गृहमन्त्री, राष्ट्रिय सभाका अध्यक्षलगायतलाई भेटेर एनआरएनए नागरिकताको बारेमा संस्था गत धारणा राखेको थियो। नेताहरुले चालु संसदले नागरिकता विधेयक पास गरिने भन्दै अस्वस्थ परे।

उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, संघको तर्फबाट उपाध्यक्ष महेशकुमार श्रेष्ठ, युरोपका क्षेत्रीय संयोजक चिन्तामणि सापकोटा, युरोप क्षेत्रका युवा संयोजक रमेश काफ्ले, पूर्व आइसिसि सदस्य पशुपति भण्डारी लगायतका प्रतिनिधिहरु र गैरआवासीय नेपाली नागरिकता सम्बन्धी फोकल पर्सन सरोज दाहालको सहभागी रहेको थियो।

प्रकाशित: २८ असार २०७९ ०९:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App